रास्वपा सभापति लामिछानेले विशेष पत्रकार सम्मेलन गर्दै
काठमाडाैं | माघ २२, २०७९
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन्। रविले बैठकलगत्तै पार्टी कार्यालयबाट विशेष पत्रकार सम्मेलन गर्ने जानकारी गराएका छन्।
उनले आफूले सीधा कुरा नगरेको धेरै भएकाले पत्रकार सम्मेलनबाट हेर्न र सुन्न सबैमा आग्रह समेत गरेका छन्।
'पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ,'उनले लेखेका छन्।
पुन:नागरिकता लिएपछि लामिछाने गृहमन्त्रालयमा दावी गर्दै आएका छन्। लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहबाहेक अन्य मन्त्रालय दिनसक्ने बताएपछि थप निर्णय लिने रास्वपाले केहीबेरमा केन्द्रीय समिति र संसदीय समितिको बैठक बोलाएको छ।
गृहमन्त्री नपाउने भएपछि सरकार छोड्ने चेतावनी रास्वपाले दिएको छ। सोही विषयमा टुंगो आजको बैठकले लगाउने जनाएको छ।
नागरिकता विवादमा सर्वोच्च अदालतले दोषी ठहर गरिदिएपछि लामिछानेको उप्रधान,गृह र सांसद पद गुमेको छ।
गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...
गोरखा: मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...
पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ। पोखरा महानगरपालिकाले शुक्रबार सा...

